

जेन–जी घटनाबारे उच्चस्तरीय आयोगद्वारा आईजीपी दानबहादुर कार्कीसँग बयान
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग बयान लिएको छ।
सिंहदरबारस्थित आयोगको कार्यालयमा शुक्रबार आईजीपी कार्की करिब एक घण्टा लामो बयानका लागि उपस्थित हुनुभएको हो। स्रोतका अनुसार कार्की साढे ३ बजे आयोगमा पुगेका थिए। आयोगले आवश्यक परे आगामी दिनहरूमा पनि थप बयानका लागि बोलाउने तयारी गरेको छ।
जेन–जी आन्दोलनका बेला कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख जिम्मेवारीमा रहनुभएको थियो। आयोगले आन्दोलनका क्रममा मानवीय क्षति किन र कसरी भयो, गोली चलाउने निर्णय कहाँबाट र कस्तो आदेशमा भएको थियो भन्ने विषयमा केन्द्रित रहेर बयान लिएको आयोग स्रोतले जनाएको छ।
यसै दिन आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ तथा तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजालसँग पनि बयान लिएको छ। आयोगले नेपाली सेनालाई समेत बयानका लागि बोलाइसकेको छ।
आयोग स्रोतका अनुसार अब तत्कालीन गृहमन्त्री रमेश लेखक र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने तयारी भइरहेको छ।
यता, सरकारले आयोगको कार्यादेश थप गरेको विषयमा भने आयोगले असन्तुष्टि जनाएको छ। यद्यपि आयोगले हालसम्म जेन–जी आन्दोलनसँग सम्बन्धित डेढ सयभन्दा बढी व्यक्तिसँग बयान लिइसकेको जनाएको छ।
उक्त आयोगको तोकिएको समयसीमा आगामी पुस ८ गते सकिँदैछ। आयोगले समयभित्रै निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
२३ घण्टा अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



