

बाँझो जमिन उपयोग गरी जलजलामा सामूहिक आलुखेती
पर्वत। उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सामूहिक आलुखेती सुरु गरिएको छ । हिउँदमा बाँझै रहने ८० रोपनी क्षेत्रफलमा स्थानीय जलजला गाउँपालिकाको सहलगानीमा आलुखेती गरिएको हो ।
गाउँमा रहेको बाँझो जमिनलाई सदुपयोग गरी रोजगारी सिर्जना गर्ने र किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले आलुखेती सुरु गरिएको गाउँपलिकाका अध्यक्ष राजु आचार्यले बताए । पालिकालाई बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले जलजला–बाँसबोट कृषक समूहमार्फत आलुखेती सुरु गरिएको उनले जानकारी दिए ।
“धाइरिङको बाँसबोटका १६ जना कृषकले यस वर्ष ११५ बोरा आलुको बीउ रोपेका छन् । किसानले व्यक्तिगत रूपमा ५० बोरा आलु रोपेका हुन् । बाँकी ६५ बोरा आलु गाउँपालिकाले सहयोग गरेको हो । गाउँपालिकाले गत वर्ष उत्पादित बीउ पोखरा लगेर चिस्यान गृहमा राखेको थियो । सोही बीउ कृषक समूहलाई दिएर सहलगानीमा खेती सुरु गरिएको हो”, अध्यक्ष आचार्यले भने ।
किसानले उत्पादन गरेको बीउ आलुलाई प्रतिकिलो रु ६५ मा खरिद गरेर ५० प्रतिशत ढुवानीमा अनुदान दिएर पोखराको चिस्यान गृहमा भण्डारण गर्ने र प्रतिकिलो रु १५ अनुदान दिएर किसानलाई वितरण गर्ने व्यवस्था मिलाएको उपाध्यक्ष आचार्यले जानकारी दिए । मौसम अनुकूल भएमा अहिले लगाइएको आलुखेतीबाट दुई हजार मेट्रिकटनभन्दा बढी उत्पादन हुने भन्दै यसले कृषकको उपभोग तथा आयआर्जनका लागि ठुलो टेवा पुग्ने उनको भनाइ छ ।
बाँदरका कारण बालीनाली जोगाउन मुस्किल हुने भएकाले सामूहिक आलुखेती भएको बाँसबोटमा तीन महिनाका लागि बाँदर हेरालु राख्ने गाउँपालिकाले तयारी गरेको छ । तरकारीको पकेट क्षेत्रका रूपमा विकास हुँदै गएको जलजलाको बनौ, शालिजा, लेकफाँट, धाइरिङमा बर्खे आलुखेती हुन्छ । सल्यान, नाग्लीवाङ, मल्लाजमा हिउँदे आलुखेती गरिँदै आएको छ ।रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



