चौतारा सगाचोकगढीमा इर्खु माविको वर्चस्व कायम ,लगातार चौथो पटक राष्ट्रपति रनिङ शिल्ड हात पार्दै ऐतिहासिक सफलता

सिन्धुपाल्चोक ।
चौतारा सगाचोकगढी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री इर्खु माध्यमिक विद्यालयले लगातार चौथो पटक उपाधि जित्दै आफ्नो खेलकुद वर्चस्वलाई पुनः प्रमाणित गरेको छ।
विद्यार्थी खेलाडीहरूको अनुशासन, कठोर अभ्यास र शिक्षकहरूको निरन्तर मार्गदर्शनले इर्खु माविलाई पुनः एक नम्बरको स्थानमा पुर्‍याउन सफल बनाएको हो। नगरभरिका विद्यालयबीच कडा प्रतिस्पर्धाका बाबजुद इर्खु माविका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन्।
यस उल्लेखनीय सफलताप्रति युवराज दुलालले हार्दिक बधाई व्यक्त गर्दै भने,
“लगातार चौथो पटक नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड जित्न सफल श्री इर्खु माध्यमिक विद्यालय परिवारलाई हार्दिक बधाई। यो सफलता विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र विद्यालयको सामूहिक प्रयासको परिणाम हो।”
उनले विद्यालयको यो उपलब्धिले समग्र नगरको शैक्षिक तथा खेलकुद पहिचानलाई राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।
इर्खु माविको यस ऐतिहासिक जितले आगामी दिनमा अझ उत्कृष्ट खेलाडी उत्पादन गर्ने प्रेरणा थपेको छ।

Facebook Comments Box
TOP
168 Shares