

बूढा र रोगी गाई लिँदै, लैनो गाई दिँदै
झापा । दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बूढो र रोगी भएपछि व्यापारीलाई गाई बेचिदिने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवद्र्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र असक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वजले गौशालाले गाईको संरक्षणमात्र होइन, जिल्लाभित्रका गरिब, असहायलाई दूध खाने उन्नत जातको गाई दिनसमेत थालेको बताउनुभयो ।हल्दिबारी गाउँपालिका बस्नुहुने आफ्नै माता लक्ष्मीदेवी सुवेदी र छिमेकी माताले दिएका दुईवटा बूढी गाईबाट सुरु गरेको गौशालामा हाल छ सय ५० वटा गाई रहेको उहाँले जानकारी दिनुभयो । “गौशाला त सुरु गरियो गाई भएनन्”, भारद्वजले भन्नुभयो, “गाउँ बस्ती, टोल, सामुदायिक सङ्घसंस्थालगायतका स्थानमा पुगेर गाईलाई त्यसै मर्न दिनुहुन्न । बूढो, रोगी छ भने हामीलाई दिनुस्, नबेच्नुस् भन्दै प्रचार गरियो । अहिले गाउँवासीले आफैँ ल्याइदिनुहुन्छ ।”
विसं २०७५ पछि मात्र गाई खोज्न जानु नपरेको र भक्तहरूले आफैँ ल्याइदिने गरेको भारद्वजले बताउनुभयो । हिजो बूढो गाई खोज्दै गाउँ बस्ने महाराज आज गरिब, दुःखीलाई दूध खाने उन्नत जातको गाई दिन थालेकामा खुसी व्यक्त गर्नुहुन्छ । उहाँले गौशालामा भएका गाईबाटै भारतबाट उन्नत जातको बीउ गोरु ल्याएर उन्नत जातकै बाछी, बहरहरु उत्पादन गरेको बताउनुभयो ।
हालसम्ममा ७५ उन्नत जातका बीउ गोरु र एक हजार छ सय दूध खाने गाई समुदायलाई हस्तान्तरण गरिएको छ । “कुनै किसानले बूढो गाई हामीलाई दिनुभयो भने आवश्यकता हेरेर हामी लैनो गाई दिएर पठाउँछौँ”, उहाँले भन्नुभयो, “गरिब, दुःखीलाई भने सम्बन्धित पालिकाले गरेको सिफारिसका आधारमा दिन्छौँ ।” भारद्वजलले गोठमा दैनिकजसो १५ देखि २० दुहुनो गाई हुने गरेको बताउनुभयो । गाईको दूधबाट गौशाला समितिले हाल घिउ, पन्चकव्यसमेत बनाउँदै आएको छ । दैनिक जङ्गल चरनमा रहेर आएका गाईको दूधबाट बनेको घिउ राम्रो हुने हुँदा धाममा आउने भक्तजनले नै प्रतिकिलो रु एक हजार तीन सयमा खरिद गरेर लैजाने गरेका छन् । जङ्गलभित्र रहेको गौशालाका गाई भने बिहान छ बजेदेखि नै चर्न जाने गरेको भारद्वज बताउनुहुन्छ । चरनमा गएका गाई अपराह्न ४ बजेदेखि राति ८ बजेसम्ममा गोठमा आइसक्छन् । गाईको हेरचाहका लागि हाल २० गौसंरक्षक छन् । उनीहरु दैनिकजसो गाईको स्याहारमा खट्ने, गाईको गोबरबाट गड्यौले मल, गोकाष्ठा बनाउनेलगायत काममा खटिन्छन् । यहाँ उत्पादित मल र गोकाष्ठा समेत बिक्री गरेर गौशालाका गाईलाई दाना, साइलेजलगायत वस्तु किनेर खुवाउने गरिएको छ ।रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



