

माघे सङ्क्रान्तिको रौनकसँगै कालीमाटीमा तरुल–सखरखण्डको आयात १० गुणासम्म बढ्यो
काठमाडौँ — नेपालीहरूको मौलिक पर्व माघे सङ्क्रान्ति नजिकिँदै जाँदा काठमाडौँको मुख्य तरकारी बजार कालीमाटीमा तरुल र सखरखण्डको आयात एकाएक बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पुसको अन्तिम सातामा यी कन्दमूलको आयात ‘ग्राफ’ तीव्र रूपमा उकालो लागेको देखिएको छ।
माघे सङ्क्रान्तिमा तरुल, सखरखण्ड र पिँडालु जस्ता कन्दमूल खाने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ। पुस मसान्तमा तरुल पकाएर माघ १ गते खाने चलनका कारण बजारमा यसको माग अस्वाभाविक रूपमा बढेको समितिले जनाएको छ।
यही माग पूर्ति गर्न धादिङ, नुवाकोट, सर्लाही, चितवन, नवलपरासी लगायतका जिल्लाबाट ठूलो परिमाणमा तरुल र सखरखण्ड काठमाडौँ भित्रिन थालेका छन्। पुसको सुरुआती दिनमा आगमन सामान्य रहे पनि पुस २५ र २६ गतेपछि आयातमा एकाएक ‘उछाल’ आएको देखिन्छ।
समितिको तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरको अन्त्यसम्म तरुलको दैनिक औसत आयात १० हजारदेखि २० हजार किलोसम्म मात्र हुने गरेकोमा पुसको अन्तिम सातासम्म आइपुग्दा यो परिमाण सिधै १ लाख ५० हजार किलो पुगेको छ, जुन सामान्य समयको तुलनामा झण्डै १० गुणा बढी हो।
सखरखण्डको आयातमा पनि उस्तै वृद्धि देखिएको छ। मङ्सिरसम्म दैनिक औसत ५ देखि १० हजार किलो मात्र भित्रिने सखरखण्ड पुसको अन्तिम साता करिब ७० हजार किलो पुगेको छ। कार्तिकमा देखिएको सानो ‘पिक’लाई समेत उछिन्दै पुसको आयातले चालू आर्थिक वर्षकै सबै रेकर्ड तोडेको समितिले जनाएको छ। व्यवसायीहरूका अनुसार सङ्क्रान्तिको अघिल्लो दिनसम्म आयात अझै बढ्ने अनुमान गरिएको छ।
यद्यपि आयात बढे पनि अत्यधिक मागका कारण कन्दमूलको मूल्य घट्न सकेको छैन। कालीमाटी बजारको पछिल्लो थोक मूल्य सूची अनुसार घर तरुल प्रतिकेजी ८०–१०० रुपैयाँ, वन तरुल २००–२५० रुपैयाँ, पन्जे तथा हात्तीपाइले तरुल ९०–१२० रुपैयाँ र सखरखण्ड ७०–९० रुपैयाँमा कारोबार भइरहेको छ।
समितिका अनुसार खुद्रा बजारमा पुग्दा यी कन्दमूलको मूल्य प्रतिकेजी १५ देखि ३० रुपैयाँसम्म थपिन सक्नेछ। हाल कालीमाटी बजारमा घर तरुल, वन तरुल, मुढे तरुल, सिमल तरुल र सखरखण्डको कारोबार उच्च रहेको छ।
माघे सङ्क्रान्तिलक्षित व्यापारलाई ध्यानमा राख्दै कालीमाटी बजारमा चौबीसै घण्टा मालवाहक गाडी प्रवेशको व्यवस्था गरिएको समितिले जनाएको छ। पर्व नजिकिँदै जाँदा कालीमाटी बजारमा चहलपहल र कारोबार थप बढ्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



