

सुदूरपश्चिममा वर्षा सहित हिमपात
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ ।
बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताए । दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ । डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
समाज
थप सामाग्री-
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
-
डडेल्धुरामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
-
देशभर मनसुन सक्रिय : आज धेरै स्थानमा वर्षा, पाँच प्रदेशमा अति भारी वर्षाको जोखिम
-
आज साउन ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
काठमाडौंमा पाँच सवारी एकआपसमा ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सीआईबीको १६औँ वार्षिकोत्सव सम्पन्न, ‘CIB Magazine’ लोकार्पण
१ दिन अगाडि
2.2kViews 161 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को १६औँ वार्षिकोत्सव…





