

सिँचाइ सुविधा पुगेपछि व्यावसायिक तरकारी खेतीमा रमाउँदै श्यामशिलाका किसान
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा सिँचाइ पोखरी निर्माण भएर एकैसाथ २१ घरपरिवारलाई सिँचाइको पहुँच पुगेपछि किसानहरुमा उत्साह थपिएको हो ।
विगतमा पानीको अभावले परम्परागत खेतीमा सीमित स्थानीय किसानहरु अहिले बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला र आलु जस्ता नगदेबाली उत्पादनमा जुटेका छन् । स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा भएपछि आफूले तीन रोपनीमा व्यावसायिक तरकारी खेती सुरु गरेको बताए । पानीको अभाव हट्दा खेती गर्न निकै सहज भएको र यसले आम्दानीको बाटो खोलेको उनको भनाइ छ ।
प्रदेश सरकारको क्रमागत बजेटबाट प्राप्त ३० लाख रुपैयाँ खर्चेर तीनवटा ठूला सिँचाइ पोखरी निर्माण गरिएपछि यस क्षेत्रको सिँचाइ समस्या समाधान भएको हो । वडाध्यक्ष राजेन्द्र राईका अनुसार तरकारी उत्पादनका लागि यो क्षेत्र उपयुक्त भए पनि पानीको समस्याले किसानहरु पछि परेका थिए, जुन अहिले हटेको छ ।बजारीकरणका लागि ‘कृषि एम्बुलेन्स’ को साथ
गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ‘एक घर, एक टनेल’ कार्यक्रम र सिँचाइ पोखरी निर्माणलाई तीव्र बनाएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सडक सञ्जालको पहुँच पुगिसकेकाले यहाँ उत्पादित तरकारी बिक्री गर्न बजारको समस्या नभएको उल्लेख गरिन् ।गाउँपालिका अध्यक्ष किरण राईले किसानलाई आत्मनिर्भर बनाउन भूगोल र माटो सुहाउँदो जैविक खेतीमा जोड दिएको बताए । किसानले उत्पादन गरेका सामग्री सहजै बजारसम्म पुर्याउन गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सेवा समेत सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको प्राविधिक सहयोग र अनुदान कार्यक्रमले स्थानीय युवा तथा किसानलाई व्यावसायिक कृषिमा टिक्न थप प्रोत्साहन मिलेको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



