

बिचौलियाको चंगुलमा ललितपुर मालपोत र जनप्रतिनिधि, कित्ताकाटमा शालिकरामको करोडौं चलखेल !
ललितपुर । देशको सबैभन्दा बढी राजश्व संकलन हुने मालपोत कार्यालयका रुपमा परिचित ललितपुर मालपोतमा निक्कै धेरै व्यथितिहरु छन् । कार्यालयलाई केही सुधार गर्ने प्रयत्न भएपनि यहाँ सामान्य नागरिक भन्दा बढी पँहुच लेखापढी व्यवसायी अर्थात बिचौलियाहरुकै छ । मालपोत कार्यालयका कर्मचारिहरु प्रत्यक्ष रुपमा कुनैपनि लेनदेनमा संलग्न नदेखिएपनि लेखापढी मार्फत हुने गैह्र कानुनी असुली भने निरन्तर चलिरहेको छ।ललितपुर महानगरपालिकाका केही वडा र गोदावरी नगरपालिकाका क्षेत्र अहिले प्लटिङका हब बनिरहेका छन्, प्लटिङ मार्फत जग्गा टुक्राउन र बिक्रिवितरणको दाखिलामा नापी र मालपोतको ठूलो हात हुने गर्छ । तर स्थानीय तहबाट सम्याउन, खेतीयोग्य जमिन विकासका नाममा राजश्यक दाखिला गरेर अनुमती लिइएको भएपनि अधिकांश जग्गाहरु ध्माधम प्लटिङ मार्फत टुक्र्याइएका छन् । उपत्यका विकास प्राधिकरणको अनुमती बाहेकको कित्ताकाट सरकारले रोक्का राखेको समयमा कसरी भैरहेको छ प्लटिङ र जग्गा टुक्राउने काम ? मालपोत कार्यालय यसमा नाजवाफ छ ।यसरी भैरहेको छ, ललितपुर मालपोतमा कित्ताकाट र जग्गा दाखिलाको काम
हुन त कतिपय अवस्थामा कित्ताकाटमा झगडिया खडा गराएर अदालतको साहारा लिइएका छन् । कुनै न कुनै कानुनी आधारलाई टेक्न खोजिएको छ । तर ललितपुर मालपोत भित्रको वास्तविकता अर्कै छ । यहाँ जग्गा बैना गरेर प्लटिङ मार्फत टन्न कमाएकाहरु सक्रिय छन् । उनीहरुले लेखापढी व्यवसायी र केही अधिकृत, खरदारहरुलाई प्रभावमा पारेर यो सबै काम भैरहेको छ । नाम सार्वजनिक नगर्ने सर्तमा मालपोतकै पूर्व कर्मचारिहरु जग्गा कित्ताकाट धन्दामा ठूलो आर्थिक खेल भएको स्विकार गर्छन ।कतिपय जग्गा व्यवसायीहरु नै वडा कार्यालयदेखी नगरपालिका मालपोतसम्मलाई पैसा खुवाएर काम गर्नुपरेको स्विकार गर्छन । एउटा टुक्रा जग्गा बराबर एक लाखदेखी २ लाख सम्म खर्च गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरुले स्विकार गरेपनि मालपोत कार्यालय भने गैह्रकानुनी आर्थिक चलखेललाई सकभर लुकाउन खोज्छ । अन्यथा सम्याउने मात्रै अनुमति लिइएका जग्गा कसरी टुक्रिए त ? अनि घडेरि विकास गरेर कसरी धमाधम बिक्रिवितरण र नामसारी कसरी भए ? यसको जवाफ मालपोत कार्यालयका कुनैपनि अधिकारि दिन सक्दैनन् ।महालेखाले समेत औँल्यायो भ्रष्टाचार
अर्कोतिर केही समय अघि मात्रै पनि महालेखा परिक्षकको प्रतिवेदनले मलपोत कार्यालय ललितपुरमा भएको गम्भिर प्रक्रितिको अपचनको काण्ड सार्वजनिक गरेको थियो । ललितपुरस्थित एक डेभलोपर्सले आफ्नो स्वामित्वमा रहेको इमाडोलस्थित वडा नम्बर ५ को कित्ता नम्बर ९ को १ हजार २४० वर्गमिटर जग्गा ५ करोड १८ लाख ४० हजारमा एक व्यक्तिलाई निःसर्ग गरि ५ दिनपछि पुनः सोही सञ्चालक भएको अर्को कम्पनीले उक्त व्यक्तिबाट सो जग्गा १५ करोडमा खरिद गरिएको छ । पहिलो कारोबारमा २५ प्रतिशत आयकर आकर्षित हुने हुँदा न्यून मूल्यांकनमा आफ्नै कम्पनीले खरिद गरेको देखिएको छ । संस्थाको निसर्गमा ९ करोड ८१ लाख ६० हजार घटी थैली कायम हुँदा २५ प्रतिशतले हुने आयकर २ करोड ४५ लाख ४० हजार छुट भएकाले यस सम्बन्धमा छानविन गरेर कर दायित्व एकिन गर्न भनिएको छ ।आवरणमा लेखापढी सहितका पात्र, मुख्य खेलाडी प्रमुख मालपोत अधिकृत नै
आवरणमा लेखापढी व्यवसायी र मालपोतका लो प्रोफाइलका कर्मचारिहरुको खेल जस्तो देखिएपनि ललितपुर मालपोतमा आर्थिक लेनदेनको व्यथिति प्रमुख मालपोत अधिकृतकै कारण मौलाएको कतिपय कर्मचारिहरु नै स्विकार गर्छन । लेखापढी व्यवसायी र जग्गा कारोबार गर्नेहरुले हाम्रो स्टिङ अप्रेशनमा कमिशन र घुष बिना कामै नहुने स्विकार गरेका छन् । उनीहरुले वडादेखी मालपोतसम्म बुझाउनुपर्ने गैह्र कानुनी रकमको फेहरिस्ता नै बताएका छन् ।१६ महिनादेखी प्रमुख मालपोत अधिकृतका रुपमा ललितपुर मालपोतमा शालिकराम आचार्य कार्यरत रहेका छन् । उनी आएसँगै एकाएक ललितपुरमा जग्गा कित्ताकाट बढेको छ । प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यसँगको लेनदेन नमिलेकै कारण मालपोतमा कार्यरत मालपोत अधिकृत कुमार आचार्यलाई सरुवा गराएको कर्मचारि बृत्तमा चर्चा चलिरहेको छ । कुमार यस्ता कर्मचारि हुन जो बिचौलियासँग पैसासँगै बारम्बार महंगा रक्सि समेत मागेर सताउने गर्थे, हाल उनी कपिलवस्तुमा कार्यरत छन् । आचार्यले कर्मचारि सरुवाको अधिकार आफूमा नभएको दाबी गरेपनि यो आरोप मात्रै नभएर वास्तविकता भएको बताइरहेका छन् ।हामीले ललितपुर मालपोतको व्यथिति र प्रमुख मालपोत अधिकृत आचार्यमाथी लाग्दैआएको आरोप बारे बुझ्दा यी सबै मिथ्या आरोप भएको जवाफ दिए । तर कानुनले बर्जित गरेको जग्गा कित्ताकाटको भेल किन आयो भन्ने बारे भने फाटवालासँग बुझ्नुपर्ने भन्दै जवाफ दिनबाट तर्किए । आखिर ललितपुर मालपोतमा लेनदेन बिनै कित्ताकाट भैरहेको छ त ? खोजपत्रिका बाट
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



