

बागमती प्रदेशमा मन्त्रालय ८ मा झार्न र ७०१ कर्मचारी दरबन्दी कटौती गर्न सुझाव
काठमाडौँ । बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्न तथा ७०१ कर्मचारी दरबन्दी कटौती गर्न सुझाव दिइएको छ। हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ वटा मन्त्रालय र पाँच हजारभन्दा बढी कर्मचारी दरबन्दी रहेको अवस्थामा प्रशासनिक संरचना अत्यधिक बोझिलो भएको निष्कर्षसहित यस्तो सुझाव आएको हो।
प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले प्रशासनिक संरचना पुनर्गठन गर्दै अनावश्यक संरचना हटाउनुपर्ने निष्कर्षसहित आफ्नो प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ। पूर्वसचिवसमेत रहेका समितिका संयोजक विमल वाग्लेले बुधबार उक्त प्रतिवेदन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र उच्चस्तरीय प्रदेश प्रशासनिक पुनर्संरचना निर्देशक समितिका संयोजक तथा कृषिमन्त्री मधुसूदन पौडेललाई हस्तान्तरण गरेका हुन्।
समितिले मन्त्रालय र कार्यान्वयन इकाइबीच रहेका अनावश्यक संरचनाहरू हटाउनुपर्ने तथा केही निकायको औचित्यसमेत पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको छ। प्रतिवेदनमा प्रदेश दुग्ध विकास बोर्ड र सञ्चार रजिस्ट्रार कार्यालयजस्ता संस्थाहरूको आवश्यकता र प्रभावकारिताबारे पुनः मूल्याङ्कन गर्नुपर्ने उल्लेख गरिएको छ।
बागमती प्रदेश सभाको पहिलो कार्यकालदेखि नै मन्त्रालय विभाजन र विस्तारको क्रम चल्दै आएको छ। २०७८ भदौमा तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रालय संख्या आठमा सीमित गरेकी थिइन्। तर पछि नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे नेतृत्वमा गठबन्धन सरकार बनेपछि मन्त्रालय संख्या बढाएर १४ पुर्याइएको थियो।
त्यसपछि निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २०७९ मंसिरमा मन्त्रालय संख्या ११ मा झारेका थिए। तर राजनीतिक समीकरण फेरबदल र सत्ता सन्तुलनका कारण पुनः मन्त्रालय संख्या बढाएर १४ पुर्याइएको थियो।
अध्ययन समितिका अनुसार कर्मचारी संरचना पनि आवश्यकता भन्दा ठूलो भएकाले न्यूनतम दरबन्दी कायम गर्नुपर्ने देखिएको छ। एक कर्मचारीले औसत ३५ वर्ष सेवा अवधि पूरा गर्दा प्रदेश सरकारलाई ठूलो वित्तीय दायित्व पर्ने भएकाले दरबन्दी घटाउनुपर्ने सुझाव दिइएको हो।
समितिले प्रस्ताव गरेको ७०१ दरबन्दी कटौती लागू भएमा प्रदेश सरकारलाई वार्षिक करिब ४८ करोड ५६ लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ। साथै ३५ वर्षको अवधिमा करिब १६ अर्ब ९९ करोड रुपैयाँ वित्तीय दायित्व घट्ने अध्ययनले देखाएको छ।
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
११ घण्टा अगाडि
2.1kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



