डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

कैलाली । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–६ रौसेल्लामा ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट दुर्घटना भएको हो।

सो दुर्घटनामा मृत्यु हुनेमा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब जिप चालक २२ बर्षिय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन्।

प्रहरीका अनुसार दुर्घटना गएराति करिब साँढे  १२ बजे भएको हो । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।जिप सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ ।

Facebook Comments Box
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
१० घण्टा अगाडि

1.6kViews 322 Shares Share on Facebook Share on Twitter कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण,…

TOP
384 Shares