

एआईजी ईश्वर कार्कीद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा निर्देशन
काठमाडौं । ईश्वर कार्की (प्रहरी अतिरिक्त महानिरीक्षक) ले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखसमेत रहेका एआईजी कार्कीले निरीक्षणका क्रममा परिसरअन्तर्गतका विभिन्न शाखा, परिचालन कक्ष तथा भौतिक संरचनाको स्थलगत अवलोकन गरेका थिए।
निरीक्षणपछि मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखसहित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले काठमाडौं उपत्यकाको सुरक्षा संवेदनशीलता विशेष रहेको उल्लेख गरे। राजधानी क्षेत्रमा भीभीआईपी तथा भीआईपीहरूको बसोबास रहनुका साथै महत्वपूर्ण संरचना (Vital Installations) समेत रहेका कारण यहाँ घट्ने हरेक घटनाप्रति राष्ट्रिय तथा अन्तरनिकायको उच्च चासो रहने उनले बताए।
एआईजी कार्कीले यस्तो संवेदनशील परिवेशमा कार्यरत प्रहरी कर्मचारीहरूले चुनौतीलाई अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै व्यावसायिक दक्षता, नेतृत्व क्षमता र अनुशासन प्रदर्शन गर्दै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



