

प्रशिक्षण प्रणाली सुधारतर्फ नेपाल प्रहरीको ठोस कदम : आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा तीनदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल प्रहरीको प्रशिक्षण प्रणालीलाई समयसापेक्ष, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित आयोजित तीनदिने आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखिकरण एवं भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम प्रहरी महानिरीक्षक को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रशिक्षण प्रणालीमा देखिएका विविधता, अस्पष्टता तथा कार्यान्वयनगत द्विविधालाई क्रमशः अन्त्य गर्दै एकीकृत र परिणाममुखी प्रणाली विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। सहभागी प्रशिक्षकहरूलाई आधुनिक प्रशिक्षण पद्धति, व्यवहारिक सिकाइ र समन्वयात्मक कार्यशैलीबारे विशेष अभिमुखिकरण प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नेपाल प्रहरीका कर्मचारीहरूको व्यावसायिकताको आधार प्रशिक्षण नै भएको उल्लेख गर्दै प्रविधिको तीव्र विकास र बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न प्रशिक्षण प्रणालीमा आमूल सुधार अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले दक्ष, उत्तरदायी र आधुनिक प्रहरी संगठन निर्माणका लागि प्रशिक्षणलाई अझ सुदृढ र प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो।
उक्त कार्यक्रममा मानव स्रोत विकास विभागका प्रमुख एआईजी , राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी , काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी तथा नेपाल प्रहरी स्टाफ कलेजका निर्देशक डीआईजी लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
यसका साथै नेपाल प्रहरी शिक्षालय, भरतपुर, प्रदेश प्रहरी तालिम केन्द्र, उपत्यका प्रहरी शिक्षालय, युक्ति तालिम महाविद्यालय जर्गाहा तथा अनुसन्धान विद्यालयका प्रमुखहरू, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू, हवल्दार तथा जवान प्रशिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
नेपाल प्रहरीको प्रशिक्षण प्रणालीलाई आधुनिक, व्यवहारिक र परिणाममुखी बनाउने दिशामा यो कार्यक्रम महत्वपूर्ण कदमका रूपमा लिइएको छ। सहभागीहरूले यसबाट प्राप्त ज्ञान र अनुभवलाई आगामी दिनमा प्रशिक्षण तथा कार्यसम्पादनमा लागू गर्ने विश्वास व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१३ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



