२३–२४ भदौ जेन–जी आन्दोलन: दमन र आगजनीमा संलग्न ९४९ पक्राउ, उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौँ – २३ भदौको जेन–जी आन्दोलनमा तत्कालीन सत्ताको दमनका क्रममा १९ युवा मृत्युवरण गरेपछि २४ भदौमा आगजनी, तोडफोड र लुटपाटका घटनाहरू बढेका थिए। यसरी हिंसा मच्चाउनेलाई सरकारले तत्काल नियन्त्रण नगरेको भन्दै प्रश्न उठिरहँदा, प्रहरीले अबसम्मको विवरण सार्वजनिक गरेको छ।
प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार, आन्दोलनको आवरणमा भएका विभिन्न अपराधमा देशभर ९४९ जनालाई पक्राउ गरिएको छ। यीमध्ये ७८७ मुद्दा प्रहरीमा दर्ता भइसकेका छन्, जसमध्ये ६५८ फर्स्योट भइसकेका छन् भने १२९ अझै अनुसन्धानको क्रममा छन्।
पक्राउ परेका ९४९ मध्ये २०७ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ। ४७० जना धरौटीमा, २४३ जना हाजिरी–जमानीमा र २१ जना साधारण तारेखमा छोडिएका छन्। अहिले आठजना हिरासतमै छन्। त्यस्तै, जिल्ला अदालतबाट थुनामा पठाइएका १८ जनालाई माथिल्लो अदालतको आदेशमा धरौटीमा छोडिएको जानकारी प्रहरीले दिएको छ।
प्रहरीले सर्वोच्च अदालत जलाउनेदेखि नेताको घरमा डकैतीसम्म गरेका केही आरोपीहरूलाई पहिचान गरी पक्राउ गरेको छ। साथै, प्रहरीको हतियार लुटपाट गर्ने व्यक्तिहरूलाई डकैती तथा हातहतियारसम्बन्धी मुद्दामा कारबाही गरिएको छ। ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, र नैतिकताविरुद्धका मुद्दा पनि दायर गरिएको छ। केही आरोपीहरू फरार रहेका छन्।
सरकारले २४ भदौमा भएका घटनाहरूको उच्चस्तरीय छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले उक्त छानबिन समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण र जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकेको छ।
यो कदमले आन्दोलनको क्रममा भएको हिंसा र सार्वजनिक सम्पत्तिमा क्षतिको जिम्मेवारी स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
357 Shares