बिचौलियाको अन्त्य गर्न प्रहरीलाई कडा निर्देशन: आईजीपी कार्की

काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवामा देखा परेको बिचौलिया प्रथाको अन्त्य गर्न कडा निर्देशन दिएका छन्।

बुधबार बुटवलस्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन गर्दै आईजीपी कार्कीले सर्वसाधारणलाई प्रत्यक्ष र सहज सेवा उपलब्ध गराउन प्रहरी संयन्त्रलाई सक्रिय हुन आग्रह गरे।

उनीहरूले बिचौलियाको नाममा हुने शोषण र अवैध चलखेल अन्त्य गर्नुपर्नेमा विशेष जोड दिएका छन्। विशेष गरी निवेदन लेख्ने बहानामा सर्वसाधारण, सीमान्तकृत वर्ग तथा अशिक्षित नागरिकबाट अनावश्यक शुल्क असुल्ने प्रवृत्तिको कडा आलोचना गर्दै उनले प्रहरी स्वयं निःशुल्क रूपमा निवेदन लेख्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

आईजीपी कार्कीले स्वयंसेवीमार्फत हुने सहयोगमा पनि पारदर्शिता कायम गर्न सचेत गराउँदै प्रहरी कर्मचारीलाई व्यवहार, बोलीवचन र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउन तथा नागरिकमैत्री सेवा प्रवाहमा जोड दिन आग्रह गरे।

 

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
485 Shares