कुकुदी–तुरतुरे सडक खण्ड दैनिक ८ घण्टा बन्द हुने

तनहुँ । डुम्रे–बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाभित्र पर्ने कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ।

भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्म सडक विस्तारको काम तीव्र बनाउन चैत २१ गतेदेखि ३० गतेसम्म उक्त खण्डमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको हो।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार दैनिक मध्याह्न १२ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म तथा बेलुका ५ः०० बजेदेखि राति ९ः०० बजेसम्म सडक बन्द गरिनेछ।

सडक विस्तार कार्यलाई सहज बनाउन समय तोकेर सवारी सञ्चालन रोक्न लागिएको प्रशासनले जनाएको छ। यस अवधिमा यात्रु तथा सवारी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
144 Shares