सेवा सुधारमा गृहमन्त्री गुरुङको छड्के अनुगमन, ढिलासुस्ती अन्त्य गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाह सुधार र प्रशासनिक अनुशासन सुदृढ गर्ने उद्देश्यसहित सोमबार बिहान सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र कार्यालय र कालिकास्थानस्थित पञ्जीकरण विभागमा आकस्मिक छड्के अनुगमन गरेका छन्।

अनुगमनका क्रममा मन्त्री गुरुङले सेवाग्राहीले भोग्दै आएको झन्झट, परिचयपत्र वितरणमा देखिएको ढिलाइ तथा कर्मचारीको कार्यशैलीबारे प्रत्यक्ष जानकारी लिएका थिए। उनले सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउन निर्देशन दिँदै नागरिकमैत्री व्यवहारलाई प्राथमिकता दिन कर्मचारीहरूलाई सचेत गराए।

त्यसैगरी, पछिल्लो समय देखिएको वेबसाइट ह्याक प्रकरणबारे पनि मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग जानकारी लिँदै साइबर सुरक्षामा कुनै कमजोरी हुन नदिन कडा सतर्कता अपनाउन निर्देशन दिएका छन्।

मन्त्री गुरुङले नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै अनावश्यक ढिलासुस्ती र बेवास्ता सह्य नहुने स्पष्ट पारे। साथै, सेवा सुधारका लागि आवश्यक संरचनागत तथा प्राविधिक व्यवस्थापनमा समेत जोड दिनुपर्ने बताए।

उनको सचिवालयका अनुसार अनुगमनको मुख्य उद्देश्य सेवा प्रवाहमा सुधार ल्याउनु, कर्मचारीको जवाफदेहिता बढाउनु र नागरिकको गुनासोलाई तत्काल सम्बोधन गर्नु रहेको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
453 Shares