

नववर्ष २०८३ को अवसरमा आसरा सुधार केन्द्रमा शुभकामना आदानप्रदान, युवामा लागूपदार्थ दुव्र्यसन रोक्न अभिभावकको भूमिकामा जोड
काठमाडौं । नववर्ष २०८३ सालको अवसर पारेर रानीवारीस्थित आसरा सुधार केन्द्रमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। केन्द्रकी अध्यक्ष नबिना खत्री कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सहभागीहरूबीच आत्मीयता साटासाट गरिएको थियो।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, केन्द्रका कार्यकारिणी समिति सदस्य, उपचाररत सदस्य तथा उनका अभिभावक र कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै सामाजिक सुधारमा सहकार्यको आवश्यकता औंल्याएका थिए।
सो अवसरमा अध्यक्ष कार्कीले युवामा बढ्दो लागूपदार्थ दुव्र्यसनप्रति चिन्ता व्यक्त गर्दै यसको प्रमुख कारण परिवारभित्रकै कमजोरी रहेको बताइन्। अभिभावकहरूको व्यावसायिक व्यस्तताका कारण सन्तानप्रति आवश्यक ध्यान नपुग्दा युवाहरू गलत बाटोतर्फ आकर्षित हुने अवस्था सिर्जना भएको उनको भनाइ थियो।
उनले परिवारभित्र समयमै उमेरजन्य तनाव र समस्याको सही व्यवस्थापन गर्न सके लागूपदार्थको कुलतबाट बच्न सकिने विश्वास व्यक्त गरिन्। साथै, आफ्ना सन्तानमाथि अत्यधिक अपेक्षा राख्ने र अरूसँग तुलना गर्ने प्रवृत्तिले उनीहरूमा मानसिक दबाब सिर्जना हुने र त्यसले दुव्र्यसनतर्फ धकेल्ने खतरा रहनेतर्फ सचेत गराइन्।
उपचाररत सदस्यहरूको पुनःस्थापनामा धैर्यता, अनुशासन र निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गर्दै उनले भनिन्, “एकपटक कुलतमा फसेपछि बाहिर निस्कन असम्भव छैन, तर त्यसका लागि दृढ इच्छाशक्ति र परिवारको साथ अत्यन्त आवश्यक हुन्छ।”
कार्यक्रमले नववर्षको उल्लाससँगै समाजमा लागूपदार्थ दुव्र्यसन नियन्त्रणका लागि परिवार र समुदायको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरेको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१६ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



