नेपाल राष्ट्र बैंकमा किरण पण्डित डेपुटी गभर्नर नियुक्त, योजना आयोगमा गुणाकर भट्ट उपाध्यक्ष

काठमाडौं । नेपाल राष्ट्र बैंक को डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त दुई पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्रको अवकाशसँगै पद रिक्त रहेको थियो । गभर्नर विश्व पौडेल ले किरण पण्डितसहित रामशरण खरेल, गुरुप्रसाद पौडेल र दीर्घ रावलको नाम सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रस्ताव पेश गरेपछि मन्त्रिपरिषद्ले पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

हाललाई अर्को एक रिक्त डेपुटी गभर्नर पदमा भने नियुक्ति गरिएको छैन ।

यसैबीच, सरकारले राष्ट्रिय योजना आयोग को उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

सरकारको यो निर्णयले आर्थिक तथा नीतिगत नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Facebook Comments Box
TOP
227 Shares