राष्ट्रपतिको सम्बोधन आज : संघीय संसद् अधिवेशन आजै मध्यरातबाट अन्त्य

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो।

राष्ट्रपति पौडेलले नेपाल सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। नेपालको मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै एक सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने स्पष्ट व्यवस्था गरिएको छ। उक्त धाराअनुसार राष्ट्रपतिले आवश्यक ठानेमा सदस्यहरूको उपस्थिति आह्वानसमेत गर्न सक्ने अधिकार राख्छन्।

यसैबीच, आजै रातिदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपतिले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन्।

सरकारले हिउँदे अधिवेशन अन्त्य गर्दै आगामी बजेट अधिवेशनको तयारी गर्न यो कदम चालेको जनाएको छ। नेपालको संवैधानिक व्यवस्थाअनुसार संसद्को अधिवेशन आह्वान र अन्त्य राष्ट्रपतिबाट सरकारको सिफारिसमा हुने प्रावधान रहेको छ।

आजको राष्ट्रपतिको सम्बोधनसँगै चालु अधिवेशन औपचारिक रूपमा समापनतर्फ उन्मुख भएको छ, जसले आगामी बजेट अधिवेशनको तयारीलाई मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
222 Shares