

अनुसन्धान अधुरो रहँदा पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै दोषीमाथि कडा कारबाही र सम्पत्ति शुद्धीकरण छानबिनको माग
फेक रेस्क्यु प्रकरण टुंग्याउन माग: मिङमा शेर्पा को चेतावनी—‘देशको प्रतिष्ठामै आँच’
काठमाडौं । सगरमाथा आरोहण क्षेत्रमा देखिएको ‘फेक रेस्क्यु’ प्रकरणलाई लिएर मिङमा शेर्पा ले गम्भीर चिन्ता व्यक्त गरेका छन्। आरोहण कम्पनी Seven Summit Treks का अध्यक्षसमेत रहेका उनले यस्तो घटनाले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि प्रत्यक्ष असर परेको भन्दै अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याउन माग गरेका हुन्।
मिङमाका अनुसार, फेक रेस्क्युका नाममा भइरहेको अनियमितताले नेपालको पर्यटन क्षेत्रलाई बद्नाम बनाएको छ। “यदि अनुसन्धान अधुरै रह्यो भने देशकै छविमा आँच पुग्छ,” उनले जोड दिए। उनले पक्राउ परेका सबै व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणको दृष्टिले समेत छानबिन हुनुपर्ने र अकुत सम्पत्ति भेटिए कडा कारबाही गर्नुपर्ने बताए।
उनकी श्रीमतीको नाम पनि यस प्रकरणसँग जोडिएपछि उनले स्पष्टिकरण दिँदै आफू उक्त अस्पतालसँग प्रत्यक्ष रूपमा आबद्ध नभएको बताए। “शेयर रहेको हुन सक्छ, तर व्यवस्थापनमा कुनै संलग्नता छैन,” उनले भने। तर, अनुसन्धानले दोषी ठहर गरे कसैलाई पनि उन्मुक्ति दिन नहुने उनको धारणा छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन साताअघि ३२ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ, जसमा १० जना पक्राउ परे पनि सबै धरौटीमा छुटिसकेका छन्। यसले अनुसन्धान कमजोर भएको हो कि भन्ने आशंका उठेको भन्दै मिङमाले प्रश्न गरे।
उनले सरकारलाई फाइल पुनः खोल्दै पुनः अनुसन्धान गर्न आग्रह गर्दै भने, “दोषी देखिए ममाथि पनि कारबाही होस्, तर निर्दोष नफसून् र दोषी उम्किन नपाऊन्।” आफू निर्दोष रहेको दाबी गर्दै उनले अनुसन्धान आफूबाटै सुरु गर्नसमेत चुनौती दिएका छन्।
नेपालको पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै उनले वार्षिक करिब १० हजार विदेशी आरोहीहरू हिमाल चढ्न आउने र यसबाट करोडौँ डलर भित्रिने तथ्य पनि स्मरण गराए। यस्तो अवस्थामा फेक रेस्क्युजस्ता घटनाले सम्पूर्ण क्षेत्रलाई नकारात्मक असर पार्ने उनको भनाइ छ।
मिङमाले शेर्पा गाइडहरूमाथि लागिरहेका आरोपप्रति असन्तुष्टि जनाउँदै भने, “आरोहीलाई बिरामी बनाउने वा जोखिममा पार्ने कुरा पूर्ण रूपमा असम्भवजस्तै हो, किनकि त्यसले शेर्पाकै ज्यान जोखिममा पार्छ।” ८ हजार मिटरमाथिको जोखिमपूर्ण परिस्थितिमा काम गर्ने शेर्पाहरूलाई यस्तो लाञ्छना लाग्नु दुःखद भएको उनले बताए।
अन्त्यमा उनले सरकारलाई समयमै ध्यान दिई पर्यटन क्षेत्रलाई थप क्षति हुनबाट जोगाउन ठोस कदम चाल्न आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
११ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



