

हर्क साम्पाङको स्पष्टीकरण: ‘मेरो नाममा व्यक्तिगत सम्पत्ति छैन’
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं माननीय हर्क साम्पाङले आफ्नो सम्पत्ती विवरणबारे उठेका चासो र चर्चाप्रति स्पष्टिकरण दिँदै आफूले छिट्टै औपचारिक रूपमा सम्पूर्ण विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले आफ्नो नाममा कुनै पनि व्यक्तिगत सम्पत्ति नरहेको दाबी गरेका छन्। उनले पुर्ख्यौली सम्पत्तिका रूपमा खोटाङस्थित मा केही खेतबारी मात्र रहेको उल्लेख गरे।
‘मेरो बाउबाजेले कमाएको सम्पत्ति आमाको नाममा छ, जहाँ पाखारेखा, खरबारी, बाँस र उतिस घारी छन्,’ उनले लेखेका छन्। साथै उक्त जग्गा भिरालो भू–भागमा रहेको र हालसम्म दाजुभाइ तथा दिदीबहिनीबीच अंशबण्डा नभएको पनि उनले प्रष्ट पारे।
व्यक्तिगत आम्दानीबारे बोल्दै उनले वैदेशिक रोजगारीका क्रममा जोडेको ४–५ तोला सुन र बैंकमा करिब २–४ लाख रुपैयाँ मात्र बचत हुन सक्ने बताएका छन्।
साम्पाङले आफू सधैँ पारदर्शिता र जनउत्तरदायित्वमा विश्वास गर्ने बताउँदै सम्पत्ति विवरण माग गर्नेहरूलाई लक्षित गरी ‘वास्तविकता यही हो’ भन्ने सन्देश दिएका छन्। उनले केही दिनभित्रै विस्तृत विवरण औपचारिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।
यसैबीच, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरणप्रति बढ्दो जनचासोका बीच साम्पाङको यो अभिव्यक्तिलाई पारदर्शितातर्फको कदमका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



