विद्युत् निर्यात र आन्तरिक खपत विस्तार गर्ने सरकारको रणनीति, निजी क्षेत्रसँग सहकार्यको तयारी

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री ले विद्युत् उत्पादनसँगै निर्यात र आन्तरिक खपत दुवै विस्तार गर्ने सरकारको रणनीति अघि बढाइरहेको बताएका छन् । सोमबार नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग भएको छलफलमा उनले ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको स्पष्ट पारे ।

मन्त्री श्रेष्ठका अनुसार जलाशययुक्त तथा नवीकरणीय ऊर्जा परियोजनाको विकास, विद्युत् खपत वृद्धि र ऊर्जा क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा योगदान बढाउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । “ऊर्जा क्षेत्रले देशको अर्थतन्त्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा निजी क्षेत्रबाट स्पष्ट र व्यावहारिक सुझाव आवश्यक छ,” उनले भने ।

उक्त अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष ले विद्युत् खपत बढाउने प्रभावकारी नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन् । उनले उद्योगका लागि आवश्यक ऊर्जा स्वदेशमै उत्पादन गरी ह्विलिङ चार्जमार्फत प्रसारण गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने र निजी क्षेत्रलाई विद्युत्को आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारमा सहभागी गराउने नीति लिनुपर्नेमा जोड दिए ।

सरकारले विद्युत् निर्यातसँगै आन्तरिक खपत विस्तारलाई सन्तुलित रूपमा अघि बढाउँदै ऊर्जा क्षेत्रलाई आर्थिक वृद्धि र औद्योगिक विकासको प्रमुख आधार बनाउने लक्ष्य लिएको छ ।

Facebook Comments Box
TOP
259 Shares