

पहिलेको बगर, अहिले आम्दानीको स्रोत
दाङ । यहाँको लमही नगरपालिका–४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी हाल राप्ती नदीको बगरमा खरबुजा फलाउन व्यस्त छिन् । नदीले कटान गरेर बगर बनाएको ठाउँमा बेमौसमी तरकारीखेती गरेर आम्दानी लिन थालेको उनले बताइन् ।
सोही ठाउँकी सीता चौधरीले यहाँ खरबुजा खेती गरिरहेकी छन् । उनले करिब दुई बिघा बगरमा खरबुजाखेती गरेको बताइन् ।सनकुमारी र सीता मात्रै होइन, बलरामपुर गाउँका करिब दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । “पहिला नदीले सबै जमिन कटान गरेर बिचल्ली नै पार्यो”, सीताले भने, “हाल त्यही बगरमा तरकारी र खरबुजाखेती गरेर परिवार पाल्न र घर खर्च चलाउन थालेका छौँ ।”कुनै बेला राप्ती नदी पसेर बगरमा परिणत भएको बलारामपुरमा हाल पौरखी किसानले मेहनत गरेर आम्दानी गरिरहेका छन् । त्यहाँ खरबुजा तथा तरकारी लटरम्म फलाएर किसानले आर्थिक उपार्जन गरिरहेका छन् ।बीस वर्ष पहिले राप्ती नदीमा ठूलो बाढी आयो, घर, अन्नपात, गाई, भेडा सबै बगायो । हामी घर छोडेर भाग्यौँ र सिम्रहवामा गयौँ । पछि राप्ती नदीले आफ्नो धार परिर्वतन गर्यो,” सीताले भनिन्, “त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो । पछि सबैले सल्लाह गरेर यहाँ बगरखेतीको गरिरहेका छौँ ।”सुरुआतमा एउटा संस्थाले बीउ तथा मल सहयोगपछि बगरखेती गर्न थालिएको थियो । तीन वर्षसम्म खासै आम्दानी नभए पनि हाल छैटौँ वर्षमा राम्रो आम्दानी हुन थालेको सनकुमारीको भनाइ छ ।बगर सुनसान ठाउँमा छ । बस्ती नभएकाले यस ठाउँमा चोरी हुने डरले प्रत्येक किसानले फुसको छानो भएका घर निर्माण गरेका छन् । प्रचण्ड गर्मीको प्रवाह नगरी किसानले तिनै टहरामा रात बिताउने गरेका छन् ।रासस
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



