देउवा पक्षसँग संवादको जिम्मा गगन थापालाई, कांग्रेसभित्र सहमतिको पहल तीव्र

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद समाधानतर्फ महत्वपूर्ण कदम चाल्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति गगन थापालाई देउवा पक्षसहित संस्थापन इतर समूहसँग संवाद गर्ने जिम्मेवारी दिएको छ।

बुधबार बसेको बैठकले पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्दै साझा धारणा निर्माण गर्न थापालाई औपचारिक रूपमा जिम्मा दिएको हो। पार्टी प्रवक्ता देवराज चालिसेले असन्तुष्ट पक्षका माग सुन्ने, छलफल गर्ने र सहमति खोज्ने दायित्व संस्थापन पक्षकै भएकाले उक्त जिम्मेवारी थापालाई दिइएको स्पष्ट पारे।

बैठकले पार्टीका पुराना पदाधिकारीहरूसँग समेत निरन्तर संवाद अघि बढाउने, साथै आगामी १५ औं महाधिवेशन समयमै सम्पन्न गर्न आवश्यक राजनीतिक वातावरण तयार पार्ने जिम्मा पनि सभापति थापालाई दिएको जनाएको छ।

यो निर्णयसँगै नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको गुटगत दूरी कम गर्ने र संगठनलाई एकताबद्ध बनाउने प्रयासले गति लिने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
109 Shares