मरेको बोइलर कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको ज्यान गयो

धनगढी । कैलालीमा मरेको बोइलर कुखुराको मासु सेवन गर्दा दुई बालकको ज्यान गएको दर्दनाक घटना सार्वजनिक भएको छ।

चुरे गाउँपालिका–३ भक्तपुरका ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शुक्रबार मृत्यु भएको हो।

बिहीबार मरेको बोइलर कुखुराको मासु खाएपछि दुवै दाजुभाइ गम्भीर बिरामी परेका थिए। अवस्था जटिल बनेपछि उपचारका लागि अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा मृतकका आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकार पनि बिरामी परेका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटना बिहीबारकै भए पनि शुक्रबार मात्र प्रहरीलाई जानकारी गराइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो।

प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरूले स्थानीय ‘विकास पोल्ट्री फार्म’बाट मरेको कुखुराको मासु खरिद गरी सेवन गरेको खुलेको छ। फार्म सञ्चालक मंगल साउद इलाका प्रहरी कार्यालय मालाखेतीमा आफैं उपस्थित भइसकेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१६ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
440 Shares