

हावाहुरीको कहर : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
सिरहा । शनिबार साँझ आएको तीव्र हावाहुरीले सिरहामा एक महिलाको ज्यान लिएको छ। सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुरकी ६० वर्षीया किसुनवती यादवको घरको पर्खाल भत्किँदा मृत्यु भएको हो।
स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती घरभित्रै बसिरहेको अवस्थामा अचानक आएको हावाहुरीले जस्तापाता उडाएको थियो। जस्तापाता उडेपछि घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा गम्भीर चोट लागेकी उनी घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइसकेको जनाएको छ।
शनिबार राति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ। अन्य स्थानमा भएको क्षतिको विवरण सङ्कलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१७ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



