काठमाडौँका तीन सुकुमबासी बस्ती हटाइने: शनिबारदेखि डोजर परिचालन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र रहेका विभिन्न सुकुमबासी बस्ती हटाउने निर्णय गरेको छ। प्रशासनले वैशाख १२ गते बिहानदेखि पहिलो चरणमा काठमाडौँका तीन स्थानका टहरा भत्काउने तयारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थापाथली, गैह्रिगाउँ र मनहरा खोलाको किनारमा रहेका बस्ती खाली गराउने निर्णय गरेको हो। बैठकपछि प्रमुख जिल्ला अधिकारी पौडेलले काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंंसँग थप समन्वय गरेका थिए।

प्रशासनका अनुसार शनिबार बिहान ६ बजेदेखि डोजर प्रयोग गरी बस्ती हटाउने कार्य प्रारम्भ गरिनेछ। सोअघि नै स्थानीय बासिन्दालाई वैशाख ११ गते साँझ ७ बजेसम्म घर तथा टहरा खाली गर्न माइकिङमार्फत सूचना दिइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा महानगरको संयुक्त टोलीले बस्ती क्षेत्रमा माइकिङ गर्दै अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने तयारी तीव्र पारेको छ।

स्थानीय प्रशासनले घरभित्र रहेका सामग्री तथा चौपाया सुरक्षित स्थानमा सार्न अनुरोध गरेको छ। साथै अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी व्यवस्थापन गर्न विशेष आग्रह गरिएको छ।

मनहरा खोलाको भक्तपुरतर्फ रहेका बस्ती हटाउने विषयमा भने जिल्ला प्रशासन कार्यालय भक्तपुरले छुट्टै छलफल गरी निर्णय गर्ने जनाएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१६ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
373 Shares