

बालेनलाई हर्क साम्पाङको सुझाव: “जनतालाई दुःख नदिनु, विकासमा केन्द्रित हुनु”
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई जनतामैत्री शासन सञ्चालन गर्न सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले जनतालाई अनावश्यक दुःख नदिन आग्रह गरेका हुन्। उनले जीवनको अस्थायित्व सम्झाउँदै जग्गा–जमिन कसैको स्थायी नभएको उल्लेख गरेका छन्।
“बालेन जी, तपाईँलाई मेरो सुझाव—जनतालाई धेरै दुःख नदिनु। जग्गा जमिन तेरो न मेरो, कसैको हुँदैन। अन्ततः सबै जना माटोमै विलय हुनुपर्छ,” उनले लेखेका छन्।
त्यसैगरी उनले व्यक्तिगत विवादभन्दा माथि उठेर विकास निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन्। “विकासमा लाग्नु, पुरानो जुँगाको फाइट छोड्नु। आजको मितिमा तपाईँकै जुँगा लामो छ, अब त्यस्तो विषय छोडिदिनु होला,” साम्पाङको भनाइ छ।
साम्पाङको यो अभिव्यक्ति पछिल्लो समय सार्वजनिक सरोकारका विषयमा भइरहेका बहस र नेतृत्वबीच देखिएको तिक्तताप्रति लक्षित भएको बुझिएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



