काठमाडौंमा २४ घण्टामा २,९०३ चालक कारबाहीमा, २५ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं ।
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकविरुद्ध प्रहरीको सक्रिय अनुगमन जारी रहेको छ। पछिल्लो २४ घण्टामा मात्रै २ हजार ९०३ जना चालक ट्राफिक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २५ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयले दिएको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १२७ जना, नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने २८१ जना, ट्राफिक संकेत उल्लंघन गर्ने २०० जना तथा तीव्र गतिमा सवारी चलाउने १७६ जनालाई कारबाही गरिएको छ।

यसैगरी, लेन अनुशासन उल्लंघन गर्ने ३१२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६५ जना, तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने ७४ जना तथा अन्य विभिन्न नियम उल्लंघन गर्ने १ हजार ४९९ जना चालक पनि कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्न नियमित रूपमा निगरानी तथा कारबाहीलाई थप कडाइ गरिने जनाएको छ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
381 Shares