सरकारको नयाँ प्रस्ताव : सडकमा अवरोध गर्ने गतिविधिमा कडा जरिबाना

काठमाडौँ । सरकारले सार्वजनिक सडक तथा आवागमनमा बाधा पुर्‍याउने गतिविधिहरू नियन्त्रण गर्न कडा जरिबानाको व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ ।

प्रस्तावित व्यवस्थाअनुसार सडकमा निर्माण सामग्री जस्तै ढुङ्गा, बालुवा राख्ने, व्यापारिक सामान थुपार्ने वा छाडा चौपाया छोडेर यातायात आवागमनमा अवरोध पुर्‍याउने व्यक्तिलाई ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिबाना गरिनेछ ।

सरकारले यस्तो गतिविधिका कारण सवारी आवागमन प्रभावित हुने, दुर्घटनाको जोखिम बढ्ने तथा सर्वसाधारणलाई असुविधा हुने भएकाले नियन्त्रण आवश्यक रहेको जनाएको छ ।

प्रस्ताव कार्यान्वयनमा आएपछि सडक अनुशासन कायम गर्न र सार्वजनिक स्थानको उचित प्रयोग सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि

1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…

TOP
434 Shares