

काठमाडौंका नदीकिनार बस्ती खाली गराइँदै, वैशाख १८ बिहानदेखि डोजर चल्ने
काठमाडौं :
काठमाडौं जिल्लाभित्र नदीकिनारामा रहेका सबै अनधिकृत बस्तीहरू खाली गराइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक डोजर चलाइने जनाएको छ।
प्रशासनले वैशाख १७ गते साँझसम्म ती क्षेत्रमा रहेका सबै घरटहरा पूर्ण रूपमा खाली गर्न निर्देशन दिएको छ। वर्षौँदेखि अनधिकृत रूपमा बसोबास हुँदै आएका बस्तीहरूमा विपद्को जोखिम उच्च रहेको भन्दै यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ।
सूचनाअनुसार घरटहराभित्र रहेका सामान अन्यत्र सार्नुपर्ने तथा बिरामी, अशक्त, दीर्घरोगी र जेष्ठ नागरिकको उद्धार गर्नुपर्ने अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीले आवश्यक सहयोग गर्नेछन्।
जिल्ला प्रशासनले वास्तविक भूमिहीनको पहिचान गरी दीर्घकालीन रूपमा समस्या समाधान गरिने आश्वासन दिएको छ। साथै, कुनै पनि गलत हल्ला, दबाब वा अफवाहको पछि नलाग्न सम्बन्धित सबैलाई सचेत गराइएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



