लुम्बिनी प्रदेश प्रहरीको सेवा सुधारमा जोड: नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीको उपस्थितिमा समसामयिक सुरक्षा विषयमा केन्द्रित महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रदेशको शान्ति–सुरक्षा अवस्था, अपराध नियन्त्रणका रणनीति, सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा प्रवर्द्धन, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनलगायत विषयमा गहन छलफल गरिएको थियो।

डीआईजी खत्रीले बदलिँदो सामाजिक परिस्थिति र समसामयिक चुनौतीहरूलाई मध्यनजर गर्दै प्रहरी कर्मचारीलाई थप जिम्मेवार, सक्रिय, अनुशासित र जनउत्तरदायी भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। उहाँले लुम्बिनी प्रदेश प्रहरी नागरिकको सुरक्षा, न्याय र विश्वासको आधारस्तम्भका रूपमा अघि बढिरहेको उल्लेख गर्दै सेवा प्रवाहमा पारदर्शिता, संवेदनशीलता र व्यावसायिकता अनिवार्य रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी अधिकारीहरूले प्रदेशको समग्र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन समन्वयात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

लुम्बिनी प्रदेश प्रहरीले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रभावकारी सेवा प्रवाहका लागि निरन्तर प्रतिबद्धता दोहोर्‍याएको छ।

Facebook Comments Box
TOP
133 Shares