

अम्बिका बस्नेतसहित १० जना थप ५ दिन हिरासतमा, ज्यान मार्ने उद्योगमा अनुसन्धान जारी
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान जारी राख्न अदालतले तेस्रो पटक पाँच दिनको म्याद थप गरेको हो। यसअघि पनि अदालतले क्रमशः हिरासत अवधि बढाउँदै आएको थियो।
प्रहरीका अनुसार वैशाख १४ गते माइतीघर मण्डलामा धर्नामा बसेकी शोभा पाठकमाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा उक्त समूहलाई पक्राउ गरिएको हो। आरोपितहरूले माइतीघरमै पुगेर पाठकमाथि हातपात गरेको जनाइएको छ।
घटनाका क्रममा अम्बिका बस्नेतमाथि पनि पाठक पक्षका केही पुरुषले हातपात गरेको बताइए पनि ती व्यक्तिहरू हालसम्म पक्राउ पर्न सकेका छैनन्।
कुटपिटबाट घाइते भएकी पाठकलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो। उनको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले ज्यान मार्ने उद्योगअन्तर्गत घटनाको अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र बनाएको छ।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१५ घण्टा अगाडि
1.1kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



