

लागु औषध विरुद्ध मधेशमा ‘महा-अभियान २०८३’ सुरु, सेवनकर्ता खोजीदेखि सुधारसम्म व्यापक योजना
काठमाडौँ । मधेश प्रदेश प्रहरी कार्यालयले लागु औषध सेवन तथा कारोवार नियन्त्रणका लागि ‘लागु औषध सेवनकर्ता खोजी एवं सुधार महा-अभियान २०८३’ सुरु गरेको छ । प्रदेशका आठै जिल्लाका प्रमुख तथा मातहत प्रहरी एकाइहरूलाई ब्रिफिङ गर्दै प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलियाले अभियानको औपचारिक सुरुवात भएको जानकारी दिएका हुन् ।
अभियानअन्तर्गत सीमावर्ती नाकाहरूमा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिनेछ । ती केन्द्रहरूमा ‘ड्रग टेस्ट किट’ प्रयोग गरी आवतजावत गर्ने व्यक्तिहरूको लागु औषध सेवन अवस्था परीक्षण गरिनेछ । विशेषगरी नियमित रूपमा सीमाबाट आवतजावत गर्ने युवायुवतीहरूको तथ्यांक संकलन गरी निगरानी बढाइने योजना रहेको प्रहरीले जनाएको छ ।
यस्तै, लागु औषध सेवनकर्तालाई सीमाक्षेत्रमै एक घण्टे सचेतनामूलक अडियो–भिजुअल प्रशिक्षण प्रदान गरिनेछ । साथै, उनीहरूको विस्तृत अभिलेख तयार पारेर जीपीएस लोकेशनसमेत ट्र्याकिङ गर्ने व्यवस्था गरिने अभियानमा उल्लेख छ ।
प्रहरीका अनुसार अभियानमा प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न सरकारी–गैरसरकारी संघसंस्थाहरूको समन्वय र सहकार्य रहनेछ । लागु औषध प्रयोगकर्तालाई सुधार तथा उपचारमार्फत समाजमा पुनःस्थापनाका लागि खेलकुद, मनोरञ्जन, सीपमूलक तालिम र रोजगारी लक्षित कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।
यसैगरी, लागु औषध ओसारपसार तथा कारोबारमा संलग्न औषधि पसल, गोदाम र अन्य स्थानहरूको निगरानी कडा पारिनेछ । मुख्य कारोबारीहरूको पहिचान गरी उनीहरूविरुद्ध कडा कानुनी कारबाही अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेश सरकारको समन्वय, स्थानीय तहको सक्रिय सहभागिता तथा विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको छ ।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



