

एसएसपी सन्तोष सिंह राठौरको प्रमुख आतिथ्यतामा तालिम समापन
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको स्वीकृत वार्षिक तालिम क्यालेन्डरअनुसार सञ्चालन गरिएको ४० कार्यदिन अवधिको आवासीय “प्रहरी कार्यालय सहयोगी आधारभूत तालिम (५ औं समूह)” आज एक कार्यक्रमबीच समापन गरिएको छ।
कार्यक्रमको प्रमुख आतिथ्यता एसएसपी सन्तोष सिंह राठौरले गर्नुभएको थियो।
समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। सो अवसरमा एसएसपी राठौरले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्राप्त ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो।
उहाँले तालिमबाट आर्जित क्षमता प्रहरी संगठनको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन उपयोगी हुने विश्वास पनि व्यक्त गर्नुभयो।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



