

भारतीय नीतिगत कडाइले नेपाली चिया निर्यात ठप्प, अर्बौँको उद्योग सङ्कटमा
झापा । भारत सरकारले चिया आयातमा नयाँ कडा मापदण्ड लागू गरेपछि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतीय चिया विकास निगमले ट्रकपिच्छे अनिवार्य प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) गर्ने व्यवस्था लागू गरेसँगै विगत दुई सातादेखि नेपालबाट भारततर्फ चिया निकासी हुन सकेको छैन।
नेपालको चिया उद्योगले वार्षिक रु पाँचदेखि छ अर्बसम्म वैदेशिक मुद्रा आर्जन गर्दै आएको भए पनि भारतको नयाँ नीतिले उद्योग नै सङ्कटमा परेको व्यवसायीहरूले बताएका छन्।
नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गत वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको हो। नयाँ प्रावधानअनुसार काँकडभिट्टा नाकाबाट भारतको पानीट्ङ्की भन्सार प्रवेश गर्ने प्रत्येक ट्रकको चियाको नमुना भारत सरकारबाट मान्यता प्राप्त प्रयोगशालामा परीक्षणका लागि पठाउनुपर्नेछ।
यसअघि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण पास गरेपछि सोही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहज रूपमा निर्यात गर्न पाउने व्यवस्था थियो। तर अहिले प्रत्येक ट्रकको छुट्टाछुट्टै परीक्षण अनिवार्य गरिएपछि व्यवसायी थप आर्थिक र प्रशासनिक दबाबमा परेका छन्।
प्रतिट्रक नमुना परीक्षणका लागि रु १८ हजार शुल्क लाग्ने र प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्ने बताइएको छ। परीक्षण प्रतिवेदन प्रतिकूल आएमा उक्त चिया भारतीय बजारमा बिक्री गर्न वा तेस्रो मुलुकमा पठाउनसमेत नपाइने तथा जफत गरिने कडा प्रावधानसमेत राखिएको छ।
अध्यक्ष पराजुलीले यो व्यवस्था नेपाली चिया निर्यात रोक्ने उद्देश्यले ल्याइएको आरोप लगाए। “अहिले करिब पाँच लाख किलोग्राम चिया निर्यातका लागि तयारी अवस्थामा छ,” उनले भने, “तर नयाँ नियमका कारण व्यवसायीले चिया भारत पठाउने जोखिम लिन सकेका छैनन्। दुई सातादेखि एक पोका चिया पनि निर्यात भएको छैन।”
उनका अनुसार परीक्षण प्रतिवेदन नआउञ्जेल १० देखि १४ दिनसम्म ट्रक रोक्नुपर्ने अवस्था भए पनि पानीट्ङ्की भन्सार क्षेत्रमा पर्याप्त पार्किङ र भण्डारण पूर्वाधारसमेत छैन।
नेपालको चियाको मुख्य बजार भारत भएकाले यो अवरोधले किसान, उद्योगी र श्रमिक सबैलाई प्रत्यक्ष असर पार्ने देखिएको छ। नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा गुणस्तरका लागि परिचित मानिन्छन्। तर प्रमुख बजारमै नीतिगत अवरोध सिर्जना हुँदा लाखौँको जीविकोपार्जन जोखिममा परेको व्यवसायीहरूको भनाइ छ।
चिया क्षेत्रमा देखिएको गैरभन्सार अवरोध हटाउन नेपाल सरकारले भारतसँग तत्काल सरकार–सरकार (जिटुजी) स्तरमा संवाद थाल्नुपर्ने नेपाल चिया उत्पादक सङ्घको माग छ। यसका लागि पहल भइरहेको सङ्घले जनाएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालका २० हजार ६०२ हेक्टर क्षेत्रफलमा फैलिएको चिया बगानबाट दुई करोड ६१ लाख २३ हजार १११ किलोग्राम तयारी चिया उत्पादन भएको थियो। सोही अवधिमा नेपालबाट रु चार अर्ब ५९ करोड आठ लाख ५६ हजार बराबरको चिया निर्यात गरिएको थियो।
हाल देशभर १७० वटा ठूला तथा १२० वटा साना–मझौला चिया बगान सञ्चालनमा छन्। चिया उत्पादनमा १५ हजारभन्दा बढी साना किसान प्रत्यक्ष आबद्ध छन् भने करिब एक लाख श्रमिकले यस क्षेत्रबाट रोजगारी पाइरहेका छन्।
समाज
थप सामाग्री-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
१ दिन अगाडि
1.3kViews 456 Shares Share on Facebook Share on Twitter विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)…



