

बाजुरा–हुम्ला सीमा विवाद हिंसात्मक, ६ जना गम्भीर घाइते, हेलिकोप्टरबाट उद्धार
बाजुरा र हुम्लाको सीमा क्षेत्र रानीसैन–लाम्पाटा च्याचौरमा उत्पन्न सिमाना विवाद हिंसात्मक बन्दा ६ जना गम्भीर घाइते भएका छन् । घटनापछि केही घाइतेलाई हेलिकोप्टरमार्फत सुर्खेत लगेर उपचार गरिएको छ ।
लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि भवन निर्माणको काम अघि बढाइएपछि उक्त भूभाग आफ्नो जिल्लामा पर्ने भन्दै हुम्ला पक्षबाट विरोध भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ४० लाख बजेटमार्फत प्रहरी चौकी निर्माणको तयारी भइरहेका बेला विवाद चर्किएको हो ।
निर्माण कार्य सुरु भएको केही दिनमै हुम्लाका स्थानीयले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै निर्माण सामग्री फाल्ने र अवरोध गर्ने कार्य गरेका थिए ।
टोलीमाथि आक्रमण, दर्जनौं घाइते
मंगलबार बिहान करिब साढे १० बजे हिमाली गाउँपालिकाको टोली रानीसैनतर्फ जाँदै गर्दा हुम्लाको सर्केगाड र खार्पुनाथ क्षेत्रका स्थानीयको समूहले आक्रमण गरेको हो । करिब डेढ सय जनाको समूहले लाम्पाटामा पुगेको टोलीमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनामा वडासदस्य पेमा गाराप गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, नरबहादुर गुरुङ र मीनु कुँवर गम्भीर घाइते भएका छन् । उनीहरूलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
स्थानीय विवाद र नियन्त्रणको आरोप
घाइते पक्षका अनुसार हुम्लाबाट आएका स्थानीयले लाम्पाटा क्षेत्रमा नियन्त्रण जमाएर घरसमेत कब्जा गरेका थिए । निर्माण कार्यमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर कुटपिट गरिएको पनि आरोप लगाइएको छ ।
घटनास्थलको भिडियोमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भइरहेको देखिएको बताइएको छ ।
धनगढी उपमहानगरको टोली पनि फिर्ता
साइपाल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पुगेको धनगढी उपमहानगरपालिकाको टोलीलाई पनि स्थानीयले लाम्पाटाबाट फिर्ता पठाएका छन् । मेयर गोपाल हमाल नेतृत्वको टोली ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत त्यहाँ पुगेको थियो ।
स्थानीय अवरोधपछि टोलीले योजना अनुसारको भ्रमण रोक्दै फर्किएको जनाएको छ ।
ऐतिहासिक सीमा विवाद पुनः सतहमा
बाजुराको पूर्वी–उत्तरी क्षेत्रका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाले लाम्पाटा, च्याचौर र रानीसैन क्षेत्र बाजुराकै भूभाग भएको दाबी गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
स्थानीय प्रशासनले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । सीमा विवादका कारण पटक–पटक उत्पन्न हुने तनावले यस क्षेत्रको सुरक्षा र विकास गतिविधिमा असर पुगेको स्थानीयले बताएका छन् ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१९ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



