

विवाहित पुरुषलाई अविवाहित सिफारिस गर्ने आरोपमा वडाध्यक्ष पक्राउ
सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–२ का वडाध्यक्ष रेशम तामाङलाई विवाहित पुरुषलाई अविवाहित भएको झुटो सिफारिस दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङमाथि आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई एक विवाहित पुरुषलाई अविवाहित भएको भनी सिफारिस पत्र जारी गरेको आरोप लागेको हो ।
प्राप्त जानकारी अनुसार, सिफारिस पाएका पुरुषकी श्रीमतीले सम्बन्धित व्यक्ति विवाहित रहेको भन्दै वडा कार्यालयमा लिखित निवेदन दिएकी थिइन् । तर उक्त निवेदनलाई बेवास्ता गर्दै वडा कार्यालयबाट अविवाहित भएको सिफारिस जारी गरिएको पाइएको हो ।
उक्त घटनापछि पीडित पक्षले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले वडाध्यक्ष तामाङलाई बाह्रबिसेबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार तामाङमाथि कीर्ते लिखत कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
त्यस्तै, प्रहरीले वडा कार्यालयबाट सिफारिससम्बन्धी कागजात, निवेदनलगायतका प्रमाणहरू समेत बरामद गरेको जनाएको छ ।
समाज
थप सामाग्री-
प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमका लागि समय दिन अस्वीकार गरेपछि संसदमा विवाद चर्किने संकेत
-
१५ महिनापछि पुनः सुरु भयो ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण, स्थानीयमा जाग्यो नयाँ आशा
-
एसपी गोविन्दराज काफ्लेले सम्हाले गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी
-
भक्तपुरका सिडिओ उमेश ढकाललाई भव्य विदाई, कर्मचारी र सुरक्षा निकायको सम्मानपूर्ण बिदाइ
-
डीएसपी रणबहादुर चन्द बैशाख महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित
नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर
४ घण्टा अगाडि
1.6kViews 259 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस…



