सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन र नयाँ कोर्षको उद्घाटन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले एपीएफ कमाण्ड तथा स्टाफ कलेज, काठमाडौँमा आयोजित विशेष कार्यक्रममा दशौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको औपचारिक समापन गर्नुका साथै एघारौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन गर्नुभएको छ ।

उक्त अवसरमा आईजीपी पौडेलले सशस्त्र प्रहरी संगठनलाई समयानुकूल, दक्ष र व्यावसायिक बनाउन यस्ता तालिममूलक कोर्षहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । उहाँले नेतृत्व विकास, रणनीतिक क्षमता अभिवृद्धि र समसामयिक सुरक्षा चुनौतीसँग जुध्न सक्षम अधिकृत उत्पादनमा कमाण्ड तथा स्टाफ कोर्ष उपयोगी हुने बताउनुभयो ।

समापन भएको दशौँ कोर्षका सहभागी अधिकृतहरूलाई सफलताको शुभकामना दिँदै उहाँले सिकाइलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभयो । साथै, नवप्रारम्भ भएको एघारौँ कोर्षका प्रशिक्षार्थीहरूलाई उच्च अनुशासन, प्रतिबद्धता र व्यावसायिकताका साथ प्रशिक्षण पूरा गर्न प्रेरित गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरीका उच्च अधिकृतहरू, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेजबीच शैक्षिक सहकार्य सम्झौता, प्रहरी परिवारलाई छात्रवृत्ति र क्षमता विकासका अवसर
४ घण्टा अगाडि

1.6kViews 259 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम कलेज अफ बिजनेस…

TOP
470 Shares