

आजको मौसम : देशभर बदली, केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराईमा तातो लहरको जोखिम
काठमाडौं । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा देशको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। यसका कारण देशभर सामान्यदेखि आंशिक बदली रहेको र केही स्थानमा वर्षाको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहनेछ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ। साथै मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकीका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा तराई भूभागमा तातो दिन र तातो लहर (लु) चल्ने जोखिम रहेको छ। त्यस्तै मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
रातिको समयमा पनि कोशी प्रदेशसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले विशेषगरी कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा तातो लहर चल्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घाममा लामो समय नबस्न, पर्याप्त पानी पिउन तथा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
मौसमविद्हरूका अनुसार वर्षा, चट्याङ, हावाहुरी र तातो लहर एकैसाथ देखिन सक्ने भएकाले नागरिकले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउनुपर्ने आवश्यकता रहेको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१९ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



