४० दिनमै विपद्को कहर : ७० जनाको मृत्यु, १ हजार ६२१ परिवार प्रभावित

काठमाडौं । नेपालमा चालु वर्षको वैशाखयता विपद्जन्य घटनाले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। पछिल्लो करिब ४० दिनको अवधिमा देशभर भएका १ हजार ३४२ विपद्जन्य घटनामा परी ७० जनाको मृत्यु भएको छ भने ३३३ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी लेक लागेर १६ जनाले ज्यान गुमाएका छन्। यस्तै, चट्याङबाट १४ जना र आगलागीबाट ११ जनाको मृत्यु भएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हुरीका कारण नौ, जनावरको आक्रमणबाट आठ, सर्पदंशबाट पाँच, पहिरोमा दुई, डुङ्गा पल्टिँदा दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोका घटनामा एक–एक जनाको ज्यान गएको छ।

विपद्का घटनाबाट देशभर १ हजार ६२१ परिवार प्रभावित भएका छन्। घटना सङ्ख्याका आधारमा हेर्दा भने आगलागी सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ। पछिल्लो ४० दिनमा ४८८ वटा आगलागीका घटना दर्ता भएका छन्। त्यसपछि हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ घटना भएका छन्।

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ३२ वटा विपद्जन्य घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। साथै, ती घटनाबाट १७ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

विज्ञहरूले मनसुन नजिकिँदै गएको अवस्थामा बाढी, पहिरो, चट्याङ र अन्य प्राकृतिक विपद्को जोखिम थप बढ्न सक्ने भएकाले नागरिकलाई सतर्क रहन र स्थानीय तह तथा सम्बन्धित निकायलाई पूर्वतयारीमा जुट्न आग्रह गरेका छन्।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१९ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
132 Shares