फिर्केखोलामा अतिक्रमण हटाउन आजदेखि एकैसाथ डोजर, करिडोर निर्माण अघि बढाइँदै

काठमाडौं । वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका अवैध संरचना हटाउन सरकारले आज (आइतबार) बिहान १० बजेदेखि एकैसाथ तीन स्थानबाट डोजर परिचालन गर्ने भएको छ।

लामो समयदेखि रोकिँदै आएको अतिक्रमण हटाई करिडोर निर्माणलाई अघि बढाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानमा स्थानीय सरकार सक्रिय रूपमा संलग्न हुने भएको छ। सम्बन्धित वडाका जनप्रतिनिधिहरू पनि प्रत्यक्ष रूपमा फिल्डमा उपस्थित भई कार्यको नेतृत्व गर्नेछन्।

सरकारले यस अभियानलाई व्यवस्थित रूपमा अघि बढाउँदै खोलाको प्राकृतिक बहाव संरक्षण र करिडोर विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१९ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
342 Shares