

ताप्लेजुङ–पाँचथरमा बाढी–पहिरोको विनाश: पुल बग्यो, यातायात ठप्प
काठमाडौं ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङ र पाँचथर जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढीले दुई जिल्लालाई जोड्ने मोटरेबल पुल, झोलुंगे पुल, सडक तथा गाउँबस्तीमा व्यापक क्षति गर्दा ग्रामीण क्षेत्रको यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
तमोर करिडोरअन्तर्गत निर्माणको अन्तिम चरणमा रहेको ‘लिम्बुनी पुल’ शनिबार बिहान करिब २:३० बजे आएको भीषण बाढीले पूर्ण रूपमा बगाएको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार निर्माण सम्पन्न हुनै लागेको अवस्थामा पुल बग्दा ठूलो क्षति भएको हो। पूर्वी नेपालको आर्थिक तथा यातायात सञ्जालसँग जोडिएको यो पुल तमोर करिडोरको प्रमुख संरचना मानिन्छ, जसको निर्माण वर्षौँदेखि ढिलाइ हुँदै आएको थियो।
त्यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङवरक गाउँपालिका–४ थर्पु जोड्ने इन्द्रावती खोलामाथिको मोटरेबल पुलमा पनि क्षति पुगेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। शुक्रबार रातिको बाढीले पुलको साब्लाखु तर्फ करिब ६ मिटर संरचना भत्काएपछि आवागमन ठप्प भएको हो। स्थानीयवासीका अनुसार पुलको बाँकी संरचना समेत जोखिममा परेको छ।
सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले साँझपछिको भारी वर्षापछि माथिल्लो क्षेत्रमा आएको आकस्मिक बाढीले क्षति पुर्याएको बताइन्। बाढीपछि सिदिङ्वा र सिरिजंघा गाउँपालिकाका खेवाङ तथा याम्फुदिन क्षेत्रबाट सदरमुकाम फुङ्लिङ र पाँचथर, इलामतर्फ जाने सवारीसाधन रोकिएका छन्।
पाँचथरको याङवरक गाउँपालिकामा समेत बाढी र पहिरोले व्यापक क्षति गरेको छ। दोभाने खोला, तमोर खोला र मध्यपहाडी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना र घरबस्तीसमेत प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिषकुमार कर्णका अनुसार दोभाने खोलामा सञ्चालित जलविद्युत् आयोजना सहित दर्जनौँ संरचना प्रभावित भएका छन्। याङवरक–३ र ७ को सीमावर्ती लाम्वाखोला ढाँड–एकराते क्षेत्रमा पहिरोले महमलाल खवास र कवीन्द्र खवासका घर बगाएको पुष्टि गरिएको छ।
त्यसैगरी, याङवरक–१, २ र ३ का विभिन्न खोलानालामा रहेका झोलुंगे तथा पक्की पुलमा समेत क्षति पुगेको छ। पहिरोका कारण मध्यपहाडी राजमार्गअन्तर्गत च्याङथापु–थर्पु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बाढी–पहिरोपछि प्रभावित क्षेत्रमा उद्धार तथा सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षाका कारण काम चुनौतीपूर्ण बनेको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१३ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



