काठमाडौं र ललितपुर प्रहरी नेतृत्व फेरबदलको तयारी, एसएसपी सरुवाबारे गृह र प्रहरी मुख्यालयमा छलफल तीव्र

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा केही प्रहरी तालिम केन्द्रमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) स्तरको सरुवाको तयारी तीव्र बनेको छ। गृह मन्त्रालय र नेपाल प्रहरी मुख्यालयबीच सम्भावित सरुवाबारे आन्तरिक छलफल चलिरहेको स्रोतले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले जिम्मेवारी सम्हालेको करिब नौ महिना पूरा गरिसकेका छन्। उनीहरूको कार्यकाल एक वर्ष पुग्न अझै केही समय बाँकी रहे पनि नेतृत्व परिवर्तनको सम्भावनालाई लिएर प्रहरी संगठनभित्र चासो बढेको छ।

स्रोतका अनुसार काठमाडौं र ललितपुर परिसरको नेतृत्व तत्काल परिवर्तन गर्ने विषयमा प्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका पक्षका केही सल्लाहकारहरूले रुचि देखाएका छन्। तर प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की भने प्रमुख जिल्ला प्रहरी कार्यालयका नेतृत्वलाई कम्तीमा एक वर्ष कार्यकाल पूरा गर्न दिनुपर्ने पक्षमा रहेको बताइन्छ।

संभावित सरुवाको चर्चासँगै जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्वका लागि आकांक्षी एसएसपीहरूबीच दौडधूप पनि तीव्र बनेको छ। काठमाडौं परिसरको प्रमुख बन्ने प्रतिस्पर्धामा एसएसपी अजय केसी, दयानिधि ज्ञवाली, शिवकुमार श्रेष्ठ, सुरेश काफ्ले, दिलीप घिमिरे र प्रज्वल महर्जनको नाम प्रमुख रूपमा चर्चामा रहेको प्रहरी स्रोतको दाबी छ।

यिनै अधिकृतहरूमध्ये केहीलाई जिल्ला प्रहरी परिसर ललितपुर, उपत्यका ट्राफिक प्रहरी कार्यालय वा विभिन्न प्रहरी तालिम केन्द्रमा जिम्मेवारी दिने विकल्पमाथि पनि छलफल भइरहेको बताइएको छ।

काठमाडौं उपत्यकाका दुई महत्वपूर्ण प्रहरी इकाइको नेतृत्व परिवर्तनसँगै आगामी सरुवाले प्रहरी संगठनको कमाण्ड संरचना र कार्यसम्पादनमा समेत प्रभाव पार्ने भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ। यद्यपि सरुवासम्बन्धी अन्तिम निर्णय भने अझै भइसकेको छैन।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१८ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
411 Shares