मुस्ताङ जोड्ने बेनी–जोमसोम–कोरला सडक म्याग्दी खण्ड पहिरोले अवरुद्ध, सवारी आवागमन ठप्प

म्याग्दी — चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित माथिल्लो बैसरी (सिरुवारी) क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो। पहिरोका कारण करिब ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक खण्डमा सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

सडक अवरुद्ध भएपछि बेनीदेखि मुस्ताङतर्फ तथा जोमसोमदेखि बेनीतर्फ चल्ने सवारी साधन बीच बाटोमै रोकिएका छन्। यसले स्थानीय यात्रुहरू, मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि गएका पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरी अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ।

सडक यथाशीघ्र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१८ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
487 Shares