

आईजीपी कार्कीको पहल सफलताको दिशामा, प्रहरीको दीर्घकालीन माग अध्ययन गर्ने सरकारी घोषणा
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लामो समयदेखि उठाउँदै आएको प्रहरी कर्मचारीको सेवा–सुविधा सुधारसम्बन्धी प्रस्तावले सकारात्मक मोड लिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले प्रहरी तथा सशस्त्र प्रहरी बलमा लागू रहेको ३० वर्षे सेवा अवधि र निवृत्तिभरण (पेन्सन) सुरु हुने सेवाअवधिबीचको अन्तर पुनरावलोकन गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीको अवकाश तथा पेन्सन व्यवस्थालाई समयसापेक्ष बनाउन अध्ययन गरिने जानकारी दिएका हुन्। यसलाई प्रहरी संगठनभित्र लामो समयदेखि उठ्दै आएको माग सम्बोधनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
आईजीपी कार्कीले विशेषगरी तल्लो दर्जाका प्रहरी कर्मचारीलाई १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनको व्यवस्था हुनुपर्ने प्रस्ताव सरकारसमक्ष निरन्तर रूपमा राख्दै आएका थिए। प्रहरी संगठनको मनोबल वृद्धि, पेशागत सुरक्षाको प्रत्याभूति तथा दक्ष जनशक्ति व्यवस्थापनका लागि यस्तो व्यवस्था आवश्यक रहेको उनको धारणा रहँदै आएको छ।
प्रहरी प्रधान कार्यालयको नेतृत्व सम्हालेपछि कार्कीले संगठनभित्रका सेवा–सुविधा, वृत्ति विकास र कर्मचारी हितका विषयलाई प्राथमिकतामा राखेका छन्। सरकारको पछिल्लो घोषणा उनको नेतृत्वमा अघि बढाइएका सुधारात्मक एजेन्डाको सकारात्मक प्रतिफलका रूपमा समेत चर्चा हुन थालेको छ।
यदि अध्ययनपछि आवश्यक कानुनी तथा नीतिगत सुधार अघि बढाइयो भने हजारौं प्रहरी कर्मचारी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। यसले प्रहरी संगठनमा कार्यरत जनशक्तिको मनोबल उच्च बनाउन र संस्थागत स्थायित्व मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१८ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



