

मातहतका प्रहरी कार्यालयको निरीक्षणमा एसपी पोखरेल, नागरिकमैत्री सेवा प्रवाहमा जोड
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ठाकुर प्रसाद पोखरेलले मातहतका विभिन्न प्रहरी कार्यालयहरूको निरीक्षण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्।
एसपी पोखरेलले इलाका प्रहरी कार्यालय बाबियाचौर/गुटु, प्रहरी चौकी बड्डीचौर, विद्यापुर, सालकोट र बिजौरा तथा अस्थायी प्रहरी पोस्ट लगाम, तातापानी र घाटगाउँको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले कार्यालय भवन, अभिलेख व्यवस्थापन शाखा, हिरासत कक्ष, कार्यालय परिसर, मेस तथा प्रहरी ब्यारेकको अवस्था अवलोकन गरेका थिए।
त्यस अवसरमा एसपी पोखरेलले कार्यरत प्रहरी कर्मचारीलाई विभागीय नीति तथा निर्देशनको पालना गर्दै अनुशासित, जिम्मेवार र उच्च मनोबलका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। साथै शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन समेत उनले आवश्यक सुझाव दिएका थिए।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



