

एसपी बसुन्धरा खड्काको नेतृत्वमा सफल अनुसन्धान : युवती हत्याका मुख्य अभियुक्त पक्राउ
झापा । झापाको दमकमा भएको २१ वर्षीया रमा तिवारी हत्या प्रकरणको सफल अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काको नेतृत्वमा खटिएको टोलीले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्या आरोपमा भारत अररिया घर भई दमकमा बस्दै आएका ३४ वर्षीय रमेशकुमार पण्डित पक्राउ परेपछि प्रहरीले घटनाको गहिरो अनुसन्धान सफलतापूर्वक टुंग्याएको हो।
जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पण्डितलाई जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ। उनी दमक क्षेत्रमा टायल्स तथा मार्बल जडानको ठेक्कापट्टामा संलग्न थिए।
एसपी बसुन्धरा खड्काको नेतृत्वमा गठन गरिएको अनुसन्धान टोलीले सीसीटीभी फुटेज, मोबाइल फोन लोकेसन, प्राविधिक विश्लेषण तथा अन्य डिजिटल प्रमाणलाई आधार बनाएर घटनाको तहसम्म पुग्न सफल भएको हो। अनुसन्धान प्रक्रियामा संकलित प्रमाणहरूको सूक्ष्म विश्लेषणपछि अभियुक्तसम्म पुग्न सफल भएको प्रहरीले जनाएको छ।
अनुसन्धानअनुसार पण्डित र मृतकबीच पहिलेदेखि चिनजान रहेको देखिएको छ। घटनाभन्दा अघि उनीहरूबीच पटक–पटक भेटघाट भएको र शारीरिक सम्बन्धसमेत रहेको खुलेको छ। १३ जेठको राति पैसाको विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि पण्डितले तिवारीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हत्या पछि शवलाई कोठामै बोरा प्रयोग गरी प्याक गरिएको र त्यसपछि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखी दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रको पुलमुनि फालिएको तथ्य पनि अनुसन्धानबाट पत्ता लागेको छ। १६ जेठमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनापछि अनुसन्धानको नेतृत्व गरिरहेकी एसपी खड्काको टोलीले सीसीटीभी विश्लेषणदेखि प्राविधिक अनुसन्धानसम्म समन्वयात्मक रूपमा अघि बढाउँदै छोटो समयमै मुख्य अभियुक्त पहिचान गर्न सफल भएको हो। प्रारम्भिक अनुसन्धानमा विभिन्न कोणबाट प्रमाण संकलन गरी वास्तविक संलग्नता उजागर गर्न सफल हुनु प्रहरीका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
पक्राउ परेका पण्डितमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



