

एसएसपी दयानिधि ज्ञवालीले सम्हाले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको नेतृत्व
बुटवल । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको समादेशकको जिम्मेवारी सम्हालेका छन्।
केही दिनअघि नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा भएका ज्ञवालीले बुधबार कार्यालयमा हाजिर भई औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
नेपाल सरकार तथा प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशबमोजिम प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालबाट सरुवा भई आएका ज्ञवालीले पदभार ग्रहणसँगै तालिम केन्द्रको समग्र अवस्था, सञ्चालन व्यवस्था तथा प्रशिक्षण गतिविधिबारे जानकारी लिएका थिए।
पदभार सम्हालेपछि उनले तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै व्यावसायिकता, अनुशासन, दक्षता र गुणस्तरीय प्रशिक्षणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। उनले प्रहरी संगठनलाई थप सक्षम, उत्तरदायी र नागरिकमैत्री बनाउन तालिमको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै तालिम केन्द्रको प्रभावकारी सञ्चालनमा जोड दिए।
अनुभवी र व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित ज्ञवालीको आगमनसँगै लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको प्रशिक्षण व्यवस्थापन तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



