

होल्डिङ सेन्टर पुगेर गृहमन्त्री सुधन गुरुङले सुकुम्वासीसँग मागे माफी
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्वासी राखिएका ‘होल्डिङ सेन्टर’को बिहीबार अवलोकन गरेका छन् ।
त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्वासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी मागे ।
सुकुम्वासी परिवारको उचित व्यवस्थापनप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गरे ।
उनले भने, ‘सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ ।’
सो क्रममा सुकुम्वासी परिवारले गृहमन्त्री गुरुङ समक्ष होल्डिङ सेन्टरमा बसोबास सहज भए पनि बालबालिकाको शिक्षादीक्षामा अप्ठयारो भोग्नु परेको गुनासो गरेका थिए ।
उनीहरूको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि प्रहरी टोली खटाउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।
सो अवसरमा गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरको निरन्तर अद्यावधिक विवरण राख्न र कुनै पनि समस्या आउना साथ तुरुन्तै समाधान गर्न निर्देशन दिए । रासस
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



